प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको बर्तमान सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सामेल गराउने गठबन्धनका दलहरुले तयारी गरेका छन् ।
प्रधानमन्त्री देउवा लोसपालाई दुईवटा मन्त्रालय दिन तयार रहेका छन् । भने यसमा लोसपा अध्यक्ष महन्थ ठाकुर पनि सकारात्क देखिएका छन् । ठाकुरले देउवासँग उपसभामुख समेत माग गरेको बालुवाटार निकट उच्च स्रोतले बताएको छ ।
यहि विषयमा अर्को सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र प्रधानमन्त्री देउवा छलफलमा जुटेका छन्। यतिबेला बालुवाटारमा यसै बिषयमा छलफल भैरहेको स्रोतले जनाएको छ।
यसैबीच नेकपा एकीकृत समाजवादीले पनि आज नै सरकारमा आफ्नो दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीका नाम हेरफेर गरेको छ। जसपा र माओवादीले पनि मन्त्री हेरफेरको तयारी गरेका छन् ।













