स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री हेरफेर बारे कुनै निर्णय नै नभएको दाबी गरेका छन् । उनले यस विषयमा बाहिर हल्ला मात्र भएको बताए ।
उनले भने ‘मन्त्री सिफारिसको विषयमा कुनै निर्णय भएकै छैन । यो हल्ला मात्र हो । अध्यक्षले यसबारेमा हामीलाई केहि भन्नु भएको छैन ।
यसअघि आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोमबार बेलुकासम्म नयाँ मन्त्रीहरूको सपथ ग्रहण हुने कार्यक्रम तय भएका बेला खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका हुन् ।














