काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने बताएका छन् । सोमबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नागरिकता विधेयक पेश गर्ने बताएका हुन् ।
जन्मसिद्ध नागरिकका छोराछोरीलाई नागरिकता दिनुपर्ने लगायत मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको भएपनि विधेयक नल्याइएको भन्दै जसपाका नेताहरुले ध्यानाकर्षण गराएका हुन् ।
जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने प्रावधानसहितको नागरिकता विधेयक कहिले आउँछ भन्ने आफूहरुको प्रश्नमा प्रधानमन्त्रीले बजेट लगत्तै विधेक संसदबाट पारित गर्ने बचन दिएको लोसपाका नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।
दलहरुबीच समझदारी नबन्दा नागरिकतासम्बन्धी विधेयक २०७५ भदौदेखि संसदमा अड्किएको छ।














