नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो । छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा करोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ६६० रुपैयाँमा कारोबार भएको थियो ।