नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिको आयोजना तथा सन इन्फोटेक लिको संयोजकत्वमाझापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । ढुकुरपानी माध्यमिक विद्यालय, दमक, झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
यसै गरी उनले एनसीसी बैंकको तर्फबाट हाल प्रदान भइ रहेको निक्षेप, कर्जा लगायत अन्य सेवाहरूको बारेमा जानकारी दिनुका साथै समग्र बैंकिङ क्षेत्रको बारेमा प्रकाश पारे। प्रस्तुतिको क्रममा उनले एनसीसी बैंकमा उपलब्ध भएका निक्षेप खाताका प्रकारहरू, व्याजदर, लगानीकर्तालाइ प्रदान गरिने लाभांश, कर्जाका प्रकारहरू, कर्जा लिनको लागि आवश्यक पर्ने योग्यताको बारेमा स्पष्ट पारेका थिए ।
यसै गरी कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूर्व प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले श्रोत व्यक्तिको रुपमा आफ्नो प्रस्तुति दिने क्रममा बैंकिङ् कारोबारको प्रयोग बढाउनु पर्ने र यसका लागि बचत परिचालनमा जोड दिएका थिए ।
साथै, उनले व्यवसाय गर्न समुचित रूपमा कर्जा लिने र कर्जाको सदुपयोग हुनुपर्ने तथा फजुल खर्चमा नियन्त्रण गर्ने तथ्यमा प्रकाश पारेका थिए। कार्यक्रमको अन्तमा सहभागीहरुले उठाएका जिज्ञासाहरूसंग सम्बन्धित अन्तरक्रिया समेत सम्पन्न गरिएको थियो ।