सत्तारुढ गठबन्धनका बागी उम्मेदवार बनेका डा. दामोदार भुसालले पछि हटेका छन् ।
एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले कांग्रेस र माओवादी दुवैको समर्थनमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको अवस्थामा उनीविरुद्ध उभिएका भुसालले सोमबारदेखि पछि हटेका हुन् ।
यो क्षेत्रमा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टको उम्मेदवारी छ । गठबन्धनबाट झाँक्री उम्मेदवार बनेपछि कांग्रेसका महाधिवेशन प्रतिनिधि भुसालले बागी उम्मेदवारी दिएका थिए ।












