मतदानका लागि सुरक्षित वातावरण तयार गर्न डा. पाठकको आग्रह

बागलुङ । नेकपा एमालेको तर्फबाट बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. सूर्य पाठकले आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपील गरेका छन् ।

बुधबार एक अपील जारी गर्दै पाठकले जनताका घरदैलो चहार्दा उत्साहजनक प्रतिक्रिया पाएको भन्दै त्यो उत्साहलाई मतमा बदलेर आफूलाई विजयी गराउन आग्रह गरेका हुन् । उनले संसदको रुपमा अघिल्लो कार्यकालमा निर्वाचित भएपछि क्षेत्र नम्बर १ का लागि विभिन्न काम गरेको र अब गर्न बाँकी कामहरुलाई पनि निर्वाचित भएपछि गति दिइने प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन्,‘गत संसदको कार्यकालमा भएको पहलस्वरुप धौलागिरी अस्पतालमा आईसीयु र असिक्जन प्लान्ट स्थापना, वलेवा विमानस्थल कालोपत्र सम्पन्न, बाग्लुङ कुश्मीशेरा बरेङ शान्तिपुर सडकका बिभिन्न खण्डमा कालोपत्रको काम सुरु, क्षेत्रीय चक्रपथ हुँदै भैरवस्थान सडक कालोपत्र आरम्भ, कालीगण्डकी करिडोर बाग्लुङ खण्ड कालोपत्रको प्रक्रिया सुरु, अदालत चौपारी, भकुण्डे, रायडाँडा, सडक स्तरोन्नतिको काम सुरु, प्रसिद्ध भैरवस्थान जाने सडक कालोपत्र, संसारकै लामो झोलुङे पुल निर्माणलगायत ५५ वटा विद्यालय भवनको पुनर्निर्माण, ६ वटा स्वास्थ्य चौकीका नयाँ भवन निर्माणमा १५ करोड सहयोग र विभिन्न खानेपानी तथा पूर्वधारका काम सुरु भएका छन् । गाउँपालिका र नगरपालिका केन्द्रित १० शय्या र १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छ । यी विकास निमार्णको सुरुवातमात्र हो ।’

गाउँगाउँमा विकासका लागि केही पूर्वाधार तयार भइसकेको भन्दै अहिले सुरु भएका विकास निर्माणका कामलाई पूर्णता दिन तथा समृद्ध बाग्लुङको सपनालाई साकार पार्न एमालेको जीत अनिवार्य रहेको उनको भनाइ छ ।

‘गत संसदको कार्यकालमा भएको पहलस्वरुप धौलागिरी अस्पतालमा आईसीयु र असिक्जन प्लान्ट स्थापना, वलेवा विमानस्थल कालोपत्र सम्पन्न, बाग्लुङ कुश्मीशेरा बरेङ शान्तिपुर सडकका बिभिन्न खण्डमा कालोपत्रको काम सुरु, क्षेत्रीय चक्रपथ हुँदै भैरवस्थान सडक कालोपत्र आरम्भ, कालीगण्डकी करिडोर बाग्लुङ खण्ड कालोपत्रको प्रक्रिया सुरु, अदालत चौपारी, भकुण्डे, रायडाँडा, सडक स्तरोन्नतिको काम सुरु, प्रसिद्ध भैरवस्थान जाने सडक कालोपत्र, संसारकै लामो झोलुङे पुल निर्माणलगायत ५५ वटा विद्यालय भवनको पुनर्निर्माण, ६ वटा स्वास्थ्य चौकीका नयाँ भवन निर्माणमा १५ करोड सहयोग र विभिन्न खानेपानी तथा पूर्वधारका काम सुरु भएका छन्’, उनले भनेका छन्, ‘गाउँपालिका र नगरपालिका केन्द्रित १० शय्या र १५ शय्याको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढेको छ । यी विकास निमार्णको सुरुवातमात्र हो ।’

निर्वाचन जितेपछि पनि आफू आम बागलुङवासी जनतासँगै हुने पाठकको प्रतिबद्धता छ । जनस्तरबाट पनि सोही सुझाव आएकाले त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ ।

पाठकले बागलुङ १ मा निर्वाचन प्रक्रिया सुरु भएदेखि नै लगातार जनताको घरआँगनमा पुगेर जनमत लिने र सुझाव संकलन गरिएको बताउँदै भनेका छन्, ‘गत निर्वाचनमा जस्तै बाग्लुङ क्षेत्र नम्बर १ का जनताले मेरो पुनः उम्मेदवारीलाई उत्साहजनक रुपमा लिएको पाउँदा निकै खुशी लागेको छ ।’

पाठकले राजनीतिमा युवा सहभागिता हुनुपर्छ भन्ने आफ्नो मत रहेको पनि बताएका छन् । ‘हिजो नेताहरुले परिवर्तनका लागि र व्यवस्था बदल्ने कुरामा योगदान गर्नुभयो, त्यसमा हाम्रो उच्च सम्मान छ । तर, आजको आवश्यकता र आजको समाजले सामना गरेको चुनौतीलाई उहाँहरुले सम्बोधन गर्न सक्नुहुन्न’, पाठकको भनाइ छ, ‘त्यही कारणले नयाँ पुस्तामा जानुपर्छ भन्ने हो । अहिलेको समाजले गतिशीलता खोजेको छ, भिजन र नयाँपन खोजेको छ ।’

पछिल्लो समय समाजले भोगेका समस्याको अध्ययन, विश्लेषण र निकास दिनसक्ने मान्छे चाहिएको भन्दै उनले ती विषयमा सम्पूर्ण हिसावले आफू जनताको आवाज बन्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

बागलुङको विकास, समृद्धि र गतिशीलताका लागि आगामी प्रतिनिधिसभाको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन पाठकले अपीलमा उल्लेख गरेका छन् ।

साथै पाठकले आफ्नो जनप्रतिनिधि चयन गर्ने नैसर्गिक अधिकारलाई स्वतन्त्र र निष्पक्ष रुपमा प्रयोग गर्न विनारोकतोक मतदान केन्दमा पुगेर सुरक्षित रुपमा आफ्नो मत खसाल्ने वातावरण तयार गर्न पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।