राहुल गान्धीको कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि…

काठमाडौं । बुधबार भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ कार्यक्रमको एक भिडियो क्लिीप भाइरल बनेको छ ।

गान्धीले राष्ट्रिय गान बजाउन भनेपछि मञ्चमा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलको हामी’ बज्यो । गीत बज्दा सबै उभिए । सुरुमा त गान्धीसहित सबैजना सहज पनि देखिए । केही क्षणपछि असमञ्जस्यताको स्थिति देखियो ।

बजिरहेको नेपालको राष्ट्रिय गानलाई रोक्दै गान्धीले भारतको गीत ‘जनगणमन’ बजाउन निर्देशन दिए । फेरि पनि गान्धीले राष्ट्रिय गीत बजाउन भने दोस्रोपटक पनि नेपालको राष्ट्रिय गीत बज्यो ।

हुन त यो प्राविधिक गल्ती थियो तर यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।