शंकास्पद वस्तुले धनकुटाको चोक्रोक गाउँ त्रासमा

धनकुटा स् शंकास्पद वस्तु राखेको हल्लापछि धनकुटाको चोक्रोक गाउँ शनिबार बिहानदेखि त्रासमा रहेको छ। धनकुटा नगरपालिका वडा नं २ चोक्रोकमा रहेको ढाँडखर्क सामुदायिक वनमा शंकास्पद वस्तु राखिएको हल्लाले गाउँ त्रसित भएको हो।

शंकास्पद वस्तु रहेको भनी हल्ला चलेको ठाउँमा नेकपा क्रान्तिकारी माओवादीको निर्वाचन बहिस्कारसम्बन्धी पर्चा भेटिएको धनकुटा नगरपालिका वडा नं २ वडाअध्यक्ष चन्द्रलाल तामाङले जानकारी दिए।

हल्ला आएपछि नेपाली सेनाको बम विष्फोजल टोली घटनास्थल तर्फ गइरहेको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए। आतंकित पार्न हल्ला चलाइएको हुन सक्ने भएकाले सबैलाई सचेत र सजग रहन एसपी अधिकारीले आग्रह गरे।