निगमको जहाज बिग्रिएसँगै फेरियो नारिता र दोहाको उडान तालिका (सूचनासहित)

नेपाल वायुसेवा निगमको जहाज बिग्रिएसँगै कतारको दोहा र जापानको नारिताको उडान तालिका परिवर्तन भएको छ ।

आइतबार राति वाइडबडी जहाजमा समस्या आएसँगै ३ दिनको तालिका परिवर्तन भएको हो ।

निगमका अनुसार जापानको नारितमा यसअघि १६ जनवरी राति ११ः२५ मा रहेको उडान अब १७ जनवरी ०८ः०५ मा हुने गरी समयतालिका फेरिएको छ ।

त्यस्तै जनवरी १७ मा हुने नारिता-काठमाडौं ११ बजेको उडान बेलुका ०७ः१० बजे उडान हुने भएको छ ।

उता १६ जनवरी राति ११ बजे रहेको काठमाडौं-दोहा उडान १८ जनवरी राति १ः५० मा हुनेछ । दोहा-काठमाडौंको १७ जनवरी ०३ः२५ मा रहेको उडान तालिका १८ जनवरी बिहान ६ बजे हुने भएको हो ।