नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा एक हजार २०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा करोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।














