घाँस काट्ने क्रममा भिरबाट लडेर ४५ वर्षीय पुनको मृत्यु

बाग्लुङ जिल्लाको काँठेखोला गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । काँठेखोला गाउँपालिका वडा नं. ५ बिहुँकोटमा घाँस काट्ने क्रममा लडेर ४५ वर्षीय इन्द्र बहादुर पुनको मृत्यु भएको हो ।

बिहान ८.३० बजेको समयमा स्थानीय झैरियाको भिरबाट लडेर खोलामा खसेका पुनको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको इलाका प्रहरी चौकी बिहुँकोटका असई भोजेन्द्र बहादुर गुरुङले जानकारी दिए ।