हुरीले ढालेको रुखले च्यापिएर २२ वर्षीय युवकको मृत्यु

मकवानपुरमा हुण्डरीले ढालेको रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ । मनहरी गाउँपालिका-२ ट्यांकी दमारमा २२ वर्षीय रामबहादुर गोलेको मृत्यु भएको हो ।

मंगलबारबिहान घर नजिकै रहेको जंगलमा घाँस काट्न गएका गोलेको हुण्डरीले ढालेको रुखले लागेर मृत्यु भएको अवस्था फेला परेको मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए।

‘आज बिहान १० बजेतिरको समयमा आएको हावाहुरीका कारण ढलेको रुखले गोलेलाई थिचिरहेको अवस्थामा आफन्तहरुले फेला पारेका रहेछन्,’ वडाध्यक्ष पाख्रिनले भने, ‘उनको घटनास्थलमै मृत्यु भएको हो। शव भर्खर घरमा ल्याएका छौँ।’

घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।