झापाको गौरिगंज गाउँपालिका–४ स्थित कदमगाछीबाट लागुऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक नगरपालिका–१ की ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल छन् । शनिबार राति ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।
उनीहरुमाथि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















