बाटोमा हिँडिरहेका प्रहरी निरीक्षकको मोटरसाइकलको ठक्करबाट मृत्यु

नवलपरासीमा मोटरसाइकलको ठक्करबाट प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको मृत्यु भएको छ ।

वाग्लेलाई बाटोमा हिंडिरहेको बेला लु१४प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते उनको उपचारका क्रममा सोमबार राति ११ बजे युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो ।

काठमाडौं बसुन्धारा घर भएका ४३ वर्षीय वाग्लेको हाल निलम्बनमा परेका थिए । उनको इलाका प्रहरी कार्यालय बर्दघाटमा दरबन्दी थियो ।

मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दीपेन्द्र पुन मगर पनि गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । उनको पनि युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।