नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ जना र ५ हजार ७४९ एन्टिजेन परीक्षणमा ८६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बुधबार कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या १० हजार १८० पुगेको छ ।
नेपालमा आज १ हजार ८८५ जना संक्रमित निको भएका छन् भने हालसम्म ६ लाख ७५ हजार ८३ जनाले कोरोना जितेका छन् ।















