तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ । यसअघि हिजो सुन प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी हिजो १ हजार १९५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर तोलाको १ हजार २३० पुगेको महासंघले जनाएको छ ।