झोलुंगे पुलमा अड्किएका खच्चड कर्णालीमा खसालेर उद्धार गरिँदै

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका खच्चडको उद्धार सुरु भएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको हो । पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको छ ।

पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको हो ।

अछाम जिल्लाको विनायक नगरपालिका र दैलेख जिल्लाको आठबीस नगरपालिका–४ खिड्कीज्युला नजिक कर्णाली नदीमाथि बनेको झोलुङ्गे पुलमा खच्चरहरू फसेका हुन्। दुवै जिल्लामा तीनै तहका सुरक्षाकर्मीहरु घटनास्थलमा खटिएका छन् ।