डहरे खोलाले बगाएको जीप बढीगाड खोलामा भेटियो

डहरे खोलाले बगाएको जीप बढीगाड खोलामा भेटिएको छ । बुटवलबाट गुल्मीको वामीतर्फ जाँदै गरेको लु१ज ३४३२ नम्बरको जीप कात्तिक १ गते सत्यवती गाउँपालिका–६ मा खोलाले बगाएको थियो ।

पानीको बहाव बढेका कारण केही दिनपछि मात्रै जीपलाई खोलाबाट निकालिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताए । जीपको क्षतिको विवरण भने अहिले नै भन्न नसकिने प्रहरीको भनाइ छ । खोलाले जीप बगाए पनि कुनै मानवीय क्षति भने भएको थिएन ।