कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

Image

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।

बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीका विषयमा छलफल हुने बताइएको छ । कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।