नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। संस्थापन पक्षबाट ६ र इतर पक्षबाट तीनजना गरी ९ मन्त्रीको नाम कांग्रेसले टुंग्याएको हो। उनीहरूको प्रधानमन्त्री ओलीको शपथलगत्तै शपथ लिनेछन्। आफ्नो भागमा परेका ९ वटामा उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएर प्रकाशमान सिंह नेतृत्वमा कांग्रेस सरकारमा जाँदैछ।
त्यस्तै, परराष्ट्र मन्त्रालयमा आरजु देउवा, गृह मन्त्रालयमा रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा दिपक खड्का, वन मन्त्रालयमा एन बहादुर शाही, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अजय चौरसिया र युवा तथा खेलकुद मन्त्रालयमा तेजुलाल चौधरीले जिम्मेवारी लिँदैछन्। बाँकी रहेका तीन वटा मन्त्रालयमा शेखर–गगन समूहका सांसदहरूको नाम टुंगो लगाइएको छ।
सो समूहबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा प्रदीप पौडेल मन्त्री बन्दैछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्री पाण्डे र कृषिमन्त्रीमा रामनाथ अधिकारीलाई पठाइने भएको छ।