खानेपानीमन्त्री यादवद्वारा पदभार ग्रहण

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर खानेपानीमन्त्री यादवले पदभार ग्रहण गरेका हुन् ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका यादव यसअघि नेकपा (माओवादी केन्द्र) पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा छोटो समय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भएका थिए । २३ वैशाखमा जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्य मन्त्री बनेका थिए ।