प्रधानमन्त्री ओलीसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेटवार्ता गरेका छन् ।​ सो भेटमा दुई देशबीचको मित्रता अझै प्रगाढ बनाउने र सहयोग बढाउने विषयमा छलफल भएको छ ।

उनले सामाजिक सन्जाल एक्समा आफूले प्रधानमन्त्री भेटेर बधाई दिएको उल्लेख गर्दै दुई देशको समयबाट प्रमाणिक व्यवहारिक काम द्रूत बढाउने छलफल भएको राजदूत सोङले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै राजदूत सङ्गले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी मित्रतालाई अझ प्रगाढ बनाउन र सहयोगमा गति दिन सहमत छौं ।’