एनएमबी बैंकको ईभी अटो लोन ८.९९ प्रतिशत 

एनएमबी बैंकले विद्युतीय सवारीसाधन ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ ।

नेपालमा ईभी प्रयोगलाई प्रवर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यले बैंकले विधुतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गराउन थालेको हो ।

ग्राहकले अब सजिलै विद्युतीय सवारी साधन फाइनान्स गरी दिगो भविश्यतर्फ योगदान दिन सक्नेछन् । लचिलो भुक्तानी विकल्प र द्रुत स्वीकृति प्रक्रियासहित ग्राहकले सजिलै एनएमबी सुलभ अटो लोन लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।