काठमाडौं । एकपछि अर्को हवाई दुर्घटना हुन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीमाथि राजीनामाको माग उठेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पसिरभित्रै भएको सौर्य एयरको विमान दुर्घटनामा परी १८ जनाको मृत्यु भएपछि उनले राजीनामा दिनुपर्ने माग उठेको हो ।
अधिकारीमाथि संसदीय समितिमा हवाई उड्डयन सुरक्षामा गम्भीर कमजोरी गरेको आरोप लागेको छ । बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्ने सांसदहरुले अधिकारीकै कमजोरीले हवाई दुर्घटना बढेको आरोप लगाए ।
बिहीबार बसेको बैठकमा सांसदहरुले नियामकको कमजोरीले दुर्घटना बढीरहेको भन्दै प्राधिकरणका महानिर्देशक अधिकारीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग गरे ।
अधिकारीले उड्डयन प्राधिरणको जिम्मेवारी लिएको साढे २ वर्षमा ७ वटा दुर्घटना भइसकेको भन्दै उनीमाथि नैनिकताको प्रश्न उठेको हो । नेपाली कांग्रेसका सांसद समेत रहेका समिति सदस्य उदय शमशेर जबराले प्राधिकरणका महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठाए । ‘तपाईं आएपछि ७ वटा हवाई दुर्घटना भइसकेको छ, तपाईंले त्यसको जिम्मेवारी लिनु पर्दैन ?’ राणाले प्रश्न गरे ।
राणाले महानिर्देशकले दोष अरुलाई लगाएर पन्छन नमिल्ने बताए । ‘तपाईंले नेतृत्व गरेयता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैं अरूलाई नै लगाउने ? यो दोष भनेको क्यानको बाहेक अरु सबैको दोष हो ? ’ राणाले प्रश्न गरे ।
सौर्य एयरको विमान दुर्घटनामा इन्जिनियर, प्राविधि बाहेकका असम्बन्धित व्यक्ति र बच्चसमेत परेको भन्दै समितिका सभापति राजकिशोर यादवले महानिर्देशक अधिकारीमाथि प्रश्न गरेका थिए । तर अधिकारी भने सरकारले छानबिन समिति गठन गरिसेकोले बोल्न उपयुक्त नहुने भन्दै पन्छिए । अधिकारी सरकारले छानबिन समिति गठन गरिसेकोले बोल्न उपयुक्त नहुने भन्दै पन्छिए । रास्वपाका सांसद शिशिर खनालले खनालले २ं०१७ देखि २०२२ सम्म कुनै हवाई दुर्घटना नभएको तर अधिकारी महानिर्देशक बनेपछि धेरै दुर्घटना भएको भन्दै उनको क्षमता र कार्यशैलीबारे प्रश्न उठाएका थिए ।
‘घटना घटिसकेको छ, सरकारले छानबिन आयोग गठन गरिसकेको छ । यसमा हामी सबै अनुसन्धानको दायरामा छौँ,’ अधिकारीले भने, ‘आयोगले सत्य तथ्य छानबिन गर्ला । यस विषयमा मैले बोल्न उचित हुँदैन ।’
बैठकमा अधिकांश सांसदहरुले समेत क्यान नेतृत्वको क्षमता र कार्यशैलीबारे प्रश्न उठाएका थिए । कुनै पनि सांसदले उठाएका सवाललाई अधिकारीले जवाफ दिएनन् ।
राजनीतिक नेतृत्वसँग साँठगाँठ गरेर पदमा बस्न माहिर उनी महानिर्देशक हुनुअघि पोखरा विमानस्थल तथा भैरहवा विमानस्थल आयोजना प्रमुख थिए । गौतमबुद्ध र पोखरा विमानस्थल निर्माणमा अर्बौको अनियमितता गरेको आरोप अधिकारीमाथि छ । यसबारे अधिकारीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा बयानसमेत लिइसकेको छ । यद्यपि अहिलेसम्म मुद्दा दर्ता भने भएको छैन ।
राजनीतिक मोलमोलाइमार्फत महानिर्देशकको कुर्चीमा पुगेका अधिकारीले पदको दुरुपयोग गरि कमिशन र अनियमिततामा लिप्त हुँदा यतिबेला प्राधिकरण इतिहासकै खराब अवस्थामा पुगेको सरोकारवालाहरु बताउँछन । महानिर्देशक बन्दासमेत उनले पैसा र राजनीतिक प्रभावका आधारमा सिनियरलाई पछि पारेका थिए । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेसँग साँटगाँठ गरेर ११ औं तहका कर्मचारी रहेका उनी १२ औँ तहका तीन जनालाई पछि पार्दै महानिर्देशक बनेका थिए ।












