नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कमिटी र केन्द्रीय आयोगलाई पूर्णता दिन गृहकार्य गर्ने जिम्मेवारी तीन नेतालाई दिएको छ ।
बुधबार बसेको केन्द्रीय कमिटी बैठकले ‘केन्द्रीय कमिटी र केन्द्रीय आयोगको संख्या, नाम र मनोनयनकाबारेमा गृहकार्य’ गर्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेको हो ।
कार्यदलमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।
एक महिना अगाडि सम्पन्न दशौं राष्ट्रिय महाधिवेशन यी तीन नेताको पद टुंग्याएर सकिएको थियो । त्यसपछि अघिल्लो कमिटीका पोलिटब्यूरो सदस्यहरुलाई स्वतः केन्द्रीय सदस्य बनाउने निर्णय बमोजिम ९३ जना एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छन् । बाँकी पदाधिकारी र केन्द्रीय कमिटी सदस्य टुंग्याउन सकेको छैन ।
अर्को केन्द्रीय कमिटी बैठक १८ साउनमा बोलाइएको छ ।