नवनियुक्त प्रदेश प्रमुखको शपथ आज 

नवनियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वाग्मती, लुम्बिनी र कर्णालीको प्रदेश प्रमुख नियुक्त गरेका थिए । 

संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले वाग्मतीको प्रदेश प्रमुखमा कैलालीका दीपकप्रसाद देवकोटा, लुम्बिनीमा रोल्पाका कृष्णबहादुर घर्तीमगर र कर्णालीको प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशी नियुक्त गरेका थिए । 

उनीहरूले आज साँझ ५ बजे पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । 

बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारखलाई पदमुक्त गरेपछि नयाँ प्रदेश प्रमुख नियुक्त भएका हुन् ।

प्रदेश प्रमुखबाट पदमुक्त भएका शर्मा एकीकृत समाजवादी, शेरचन र परियार नेकपा माओवादी केन्द्र निकट हुन् । उनीहरु तीनैजनालाई प्रचण्ड नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।