काभ्रेमा जंगलमा मानव कंकाल फेला परेको छ । बुधबार साँझ पाँचखाल नगरपालिका-६ तिनपिप्लेस्थित सामुदायिक वनमा बरको रुखको फेदमा कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले उक्त कंकाल स्थानीय २१ वर्षीय विजय श्रेष्ठको रहेको खुलेको छ । उनी असार १८ गतेदेखि हराइरहेका थिए ।
श्रेष्ठका बुवाले उक्त शव चप्पल र लुगाको आधारमा आफ्नै छोराको भएको भनेर सनाखत गरेका प्रहरीले जनाएको छ ।
श्रेष्ठको मृत्युको कारण भने खुलेको छैन । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।