मणि थापा पदमुक्त

नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त भएका छन् ।

लामो समयदेखि पार्टीमा निष्क्रिय रहेपछि कुनै जिम्मेवारीमा नराखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘उहाँ पार्टीको कुनै काममा पनि सक्रिय हुनुहुन्नथ्यो । त्यसैले उहाँले पार्टी आफै छाडेपछि उहाँको रिक्त स्थानमा हिजोको बैठकले पूर्ति गरेको हो ।’

बिहीबार बसेरा होटलमा बसेको एमाले सचिवालयको ३४ औं बैठकले स्थायी कमिटीको दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिसकेको छ ।

न्यौपाने एकीकृत समाजवादी छोडेर एमालेमा आएका थिए । श्रेष्ठ पोलिट्ब्यूरोबाट बढुवा भएका हुन् ।

यसअघि स्थायी कमिटी सदस्य रहेका गुरू बराल उपाध्यक्ष मनोनीत भएपछि उनको स्थान खाली भएको थियो । अर्को मणि थापा पद मुक्त भएपछि ठाउँ खाली भएको हो ।

एमालेका नेताहरूका अनुसार मणि थापा चुनाव अघिदेखि नै सक्रिय थिएनन् । मंसिर ४ गतेको निर्वाचनमा उनी गृहजिल्ला प्युठानका दुई वटा जति सभामा सहभागी भए ।