सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिए

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएका छन् । शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

गएको असार २० मा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी अल्पमतको सरकार चलाउँदै आएका थिए । संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र संसदमा बहुमत सिद्ध गर्नुपर्ने थियो ।

नेपाली कांग्रेस र नेकपा एमालेको मिलनले बहुमत जुटाउने स्पष्ट आधार नहुँदा पनि प्रदेश सरकारलाई बजेट ‘होली डे’मा राख्दै सोडारीले सत्ता लम्ब्याएका थिए ।