मोरङको जहदा गाउँपालिका–५ मा करेन्ट लागेर १५ वर्षीय किशोरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर देवानन्द महतोका छोरा भरत महतोको मृत्यु भएको हो । मल्टिप्लगमा तार जोड्ने क्रममा आचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो ।
उपचारका लागि अस्पताल पुर्याउनासाथ मंगलबार साँझ चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरिएको जानकारी दिएको छ ।













