सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली, भ्रष्टाचार मुद्दा दायर

Image

सशस्त्र प्रहरी बलका एक एसपीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर भएको हो । साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए । अख्तियारले छानबिन गरिरहेको बेला साहुले जागिर छाडेका थिए ।

साहूले २०५९ चैत ७ गते सशस्त्र प्रहरी निरीक्षक पदमा नियुक्त हुन डा. राममनोहर लोहिया अबध विश्वविद्यालय, फैजाबादबाट जारी भएको बीए तह उत्तीर्ण गरेको भनिएको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारको ठहर छ ।