तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बोलेरो जिपपको ठक्करबाट बुधबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
धादिङको गजुरी नगरपालिका–३ घर भई हाल व्यास–७ कलेस्ती बस्ते शान्ता श्रेष्ठकी छोरी दुई वर्षीया दिप्सा श्रेष्ठको बोलेरोको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
लमजुङ भोर्लेटार सडकखण्डमा दुई पिप्लेबाट दमौलीतर्फ आउँदै गरेको ग ३ च १२१९ नम्बरको जिपले सडकमा हिँड्दै गरेकी बालिकालाई साँझ ७ः३० बजे ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट घाइते बालिकाको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बालिकाको मृत्यु भएपछि जिप चालकलाई कारवाहीका लागि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए ।















