कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त १५ वर्षपछि पक्राउ

Image

कर्तव्य ज्यान मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भएर काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ बस्दै आएकी ४७ वर्षीया कमला गोले तामाङ छिन् ।

कमलाविरुद्ध २०६७ असोज २० गते दोलखामै आफ्नो घरमा बस्दै आएका वीर बहादुर तामाङको हत्या गरेको अभियोग छ । सर्वोच्च अदालतले कमलाविरुद्ध २०७२ भदौ ११ गते १२ वर्षको कैद सजाय सुनाएको थियो । त्यसयता उनी फरार थिइन् ।

अदालतको फैसला कार्यान्वयनका लागि केन्द्रीय अनुसन्धान ब्यूरोले कमलालाई नियन्त्रणमा लिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।