नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
मंगलबार सकिएको एकीकृत समाजवादीको स्थायी कमिटी बैठले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदलको सदस्यहरुमा गरिमा साह, बलदेव चौधरी, गणेश बिक, रामचन्द्र यादव, धनप्रसाद गौतम र राजन राई रहेका छन् ।
‘नेकपा एकीकृत समाजवादीले संविधान संशोधन सम्बन्धी आजको आवश्यता, औचित्य, यसमा संशोधन गर्नुपरेकामा संशोधन गनुपर्ने विभिन्न पक्षका बारेमा अध्ययनका लागि सुझाव कार्यदल गठन गर्ने गठन गरेको छ,’ खतिवडाले भने ।
पदाधिकारी, पोलिट्ब्युरो र स्थायी समितिमा रहेकाहरूलाई संविधान संशोधन सुझाव कार्यदलमा राखिएको हो । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका विषय पनि उल्लेख थिए ।
















