माछापुच्छ्रे बैंकका अध्यक्ष उपेन्द्र महतोले उपयुक्त पार्टनर पाए मर्जरमा जाने बताएका छन् । बैंकको २४औं वार्षिक साधारण सभामा बोल्दै महतोले उपयुक्त पार्टनर पाए मर्जरमा जाने बताएका हुन् ।
‘हामी उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मात्रै मर्जर तथा प्राप्ति प्रक्रियामा जानेछौँ’, उनले भने, ‘तर, मर्जरमा नगए पनि हाम्रो बैंक मर्जरमा गएका अन्य बैंकभन्दा कम छैन भन्ने म विश्वास दिलाउन चाहन्छु।’
त्यस्तै अध्यक्ष महतोले आगामी वर्ष लगानीकर्तालाई खुसी पार्ने गरी प्रतिफल वितरण गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
‘गत वर्ष र यो वर्षको प्रतिफल मिलाएर आगामी वर्ष लगानीकर्तालाई खुसी पार्ने गरी प्रतिफल वितरण गर्छौं’, महतोले भने, ‘आगामी २५ औँ वार्षिक साधारणसभाबाट सबैलाई खुसी बनाउने छौँ ।’
पहिलोपटक काठमाडौंमा आयोजना भएको बैंकको साधारण सभाले संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट डा। उपेन्द्र महतो, रोशन केसी र हरिभक्त सिग्देललाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ।















