कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि ५ जनाको नामकृषि विकास बैंकको सीईओका लागि ५ जनाको नाम छनौटभएको । सीईओ बन्न आवेदन दिएका २२ मध्ये ५ जनाको नाम छनौट समितिले सर्टलिस्ट गरेको हो ।
छनौटमा पारेका पाँच प्रतिस्पर्धीमध्ये सिभिल बैंकका पूर्व सीईओ गोबिन्द गुरुङको नाम १ नम्बरमा रहेको छ ।यस्तै अन्य नामहरुमा कृषि बिकास बैंककै निमित्त सीईओ प्रताप सुवेदी, बैंकमै दोश्रो बरियताको जिम्मेवारी सम्हालिरहेका यज्ञ प्रकाश न्यौपाने, राष्ट्रिय सहकारी बैंकका सीईओ बद्री गुरागाईँ र नेपाल एसबीआई बैंकका एजिएम बिष्णु देव यादव रहेका छन् ।
संचालक सुमन दाहाल नेतृत्वको छनौट समितिले २२ आवेदकबाट ५ जनाको नाम छनौट गरेको हो । यिनै पाँचमध्येबाट नै एकजना अब कृषि बिकास बैंकको सीईओ बन्नेछन् ।
उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तरवार्ताका लागि छनौट गरिएको हो । अब अन्तर्वार्ताबाट ३ जनाको नाम सीईओका लागि सिफारिस हुनेछन् । संचालक समितिले ती ३ जनामध्येबाट एक जनालाई सीईओ नियुक्त गर्नेछ ।
यसअघि बैंकका पूर्वसीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो । उपाध्यायको कार्यकाल सकिएसँगै बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको हो ।
कृषि बिकास बैंकका निमित्त सीईओ प्रताप सुवेदी, सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसी, बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेशकुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शंकर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीले बैंकको सीईओका लागि आवेदन दिएका थिए ।
















