पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई पनि प्रतिवादी बनाइएको छ ।
आइतबार जिल्ला अदालत कास्कीमा दीपेशसहित ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । दीपेशलाई फरार प्रतिवादी बनाइएको कास्की अदालत स्रोतले जनाएको छ ।
सहकारीको बचतकर्ताहरूलाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत संकलन गरी गैर कानुनी लाभ लिने लगायतका काम पुनले गरेको जिल्ला वकिलको कार्यालयमा दायर भएको मुद्दामा उल्लेख छ ।
पूर्व उपराष्ट्रपति पुत्र रहेका दीपेश प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका निवर्तमान महासचिवसमेत हुन् ।












