राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागिएको रास्वपाले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा छलफल गरिने कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेपछि रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापति तोकेको छ ।













