पिंगलास्थानको होटेलमा सुस्मितासँगै बसेका फरार युवक झुन्डिएको अवस्थामा भेटिए

Image

काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । ओखलढुंगाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

काठमाडौँको कागेश्वरीकी २२ वर्षीया सुस्मिता खड्का पुस १६ गते (मंगलबार) बागमती होटेलको ३०८ नम्बर कोठामा मृत फेला परेकी थिइन् । युवती मृत फेला परेपछि प्रहरीले हत्याको आशंका गरेको थियो ।

देवबहादुर केही समय पहिले मात्रै जापानबाट नेपाल आएका थिए । उनी पुनः जापान जाने तयारीमा थिए।सुस्मिता पनि जापानिज भाषा पढिरहेकी थिइन् ।