बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका घर भएका प्रदीप खड्का रहेका छन्।
जितपुर सिमरा उपमहानगरपालिका–१ मा गरिमा भदौ २ गते मृत अवस्थामा भेटिएकी थिइन्। घरबाट हराएको तीन दिनपछि उनको शव फेला परेको थियो।
प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म नौ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
डीएसपी घलेका अनुसार पक्राउ पर्ने नौ जनामध्ये पछिल्लो पटक प्रदीप खड्का रहेका छन्। घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














