सहकारी ठगी प्रकरणमा म्याग्दीका जिसस प्रमुख पक्राउ

Image

सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् ।उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।

थापामाथि कुमारी सहकारी संस्थाको बचत रकम अपचलनको आरोप छ।उनले कति रकम अपचलन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।