हनी ट्रयापमा पारेर १० लाख असुल्ने तयारी, तीन लाख लिएपछि युवती पक्राउ

हनी ट्रयापमा संलग्न रहेको अभियोगमा युवती पक्राउ परेकी छन् । चितवन रत्ननगर नगरपालिका ८ घर भई काठमाडौं महानगर १३ कुलेश्वर बस्दै आएकी २८ वर्षीया अस्मिता आचार्यलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामान मर्मत गर्ने व्यक्तिलाई पटकपटक मोबाइलमा सम्पर्क गरी नजिक बनेर मागेअनुसारको रकम नदिए जबर्जस्ती करणी मुद्दामा फसाइदिने धम्क्याउँदै आएको प्रहरीले जनाएको छ ।

पीडितसँग १० लाख रुपैयाँ लिने सहमति गरे पनि ३ लाख रुपैयाँ असुली गरिसकेको अनुसनधानमा खुलेको छ । उनीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंले आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी मुद्दामा कारबाही गर्ने तयारी गरेको छ ।