काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
टोखा नगरपालिका १ फूलबारीमा १६ वटा मोटरसाइकल एकसाथ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । साथीसँग मोटरसाइकल रेसिङ गरेर चलाइरहेका दुई समूहका मोटरसाइकलहरु एकापसमा जुधेर उक्त दुर्घटना भएको प्रहरीले बतायो ।
मृतकहरुको परिचय खुलिसकेको छैन । दुर्घटनामा केही घाइते भएका छन् तर उनीहरु घटनास्थलबाट भागेको हुनाले कति जना भने खुलेको छैन । दुर्घटना पछि स्थानीयहरुले असुरक्षा भएको भन्दै विरोध गरेका छन् । स्थानीय सुमित सापकोटाका अनुसार आफूहरु दिनहुँ हिँड्ने बाटोमा यसरी असुरक्षित तवर मोटरसाइकल चलाउँदा आफ्नो बालबच्चाहरुको असुरक्षा भएको भन्दै विरोध गरिएको हो ।
















