गायिका आनी छोइङ डोल्माको लोकप्रिय गीत ‘फूलको आँखामा…’ अब हिन्दीमा पनि रेकर्ड हुने भएको छ । हिन्दी भाषामा अनुवाद गरेर यो गीत रेकर्ड गर्न लागिएको हो ।
भारतीय गीतकार गुलजारले यो गीत अनुवादसमेत गरिसकेका छन् । दुर्गालाल श्रेष्ठले लेखेको गीत गुलजारले हिन्दीमा अनुवाद गरेका हुन् ।
हिन्दीमा पनि आनी स्वयंले यो गीत गाउने छिन् । संगीत र संगीत संयोजन अहिलेकै प्रयोग गर्ने अथवा नयाँ गर्ने भन्ने विषयमा छलफल भइरहेको आनीले बताइन् । नेपाली भाषामा गाइएको गीतमा न्यूह् बज्राचार्यको संगीत रहेको छ । संगीत संयोजन गोपाल रसाइलीले गरेका छन् ।













