आफूलाई प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिका गरगहना लुटपाट गरेको आरोपमा काठमाडौँबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका-५ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी बस्ने ४१ वर्षीय दिपेश लाल चित्रकार रहेका छन् ।
उनले लुटेका गरगहना स्वयम्भू आनन्दकुटी नजिकै बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले चित्रकारलाई कानून बमोजिम खानतलासी गर्दा उनको साथबाट बिल बिजकबिनाका विभिन्न गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, ललितपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बरामद दसी
– पोते सहितको सुनजस्तो देखिने धातु जडित नौगेडी माला– ११ थान
– पोते सहितको सुनजस्तो देखिने धातु जडित सिङगल गेडी माला– ७ थान
– क्रिष्टल सहितको सुनको जस्तो देखिने माला– १३ थान
– पोते सहितको सुनजस्तो देखिने धातु जडित मंगलसुत्र– ६ थान
– पोते सहितको सुनजस्तो देखिने धातु जडित सोली गेडी माला–१ थान
– पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित टप– ३ जोर
– पोते नभएको सुनको जस्तो देखिने धातु जडित तिलहरी–१ थान
– सुनको जस्तो देखिने धातु जडित विभिन्न डिजाईनका क्लिप–९ थान
– मोती जस्तो देखिने पत्थर सहितको सुनको जस्तो देखिने धातु जडित ३ गेडी मोती माला–३ थान
– मोती जस्तो देखिने माला सहितको सुनको जस्तो देखिने धातु जडित मोती लकेट माला–१ थान
– मोती जस्तो देखिने पत्थर सहितको सुनजस्तो देखिने धातु जडित मोतीहार–१ थान
– सुनको जस्तो देखिने धातु जडित औँठी–२४ थान
– पत्थर सहितको सुनजस्तो देखिने धातुबाट बनेको स–साना फुली–१९ थान
– सुनको जस्तो देखिने धातु जडित स–साना गेडी–३ थान












