नेकपा एमालेका सांसद एवं केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
रुपन्देहीस्थित सैनामैना नगरपालिका–११ सालझण्डी बस्ने प्रदीप पन्तलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले थापालाई बिहीबार मध्यरातमा धम्कीपूर्ण एसएमएस लेखेका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद समेत दिएका छन् ।
कन्सल्टेन्सीमा प्राविधिको काम गर्ने पन्तको पारिवारिक राजीतिक पृष्ठभूमि एमाले रहे पनि उनी डा. निकोलश भुसाल निकट रहेको हाम्रो नेपाल पार्टीमा आवद्ध थिए ।
उनी २०७९ मा रुपन्देही क्षेत्र नम्बर २(ख) अन्तर्गत लौरो चिन्हमा चुनाव उठेका थिए । त्यतिबेला उनले ६ हजार नौ सय ६२ मत ल्याएर तेस्रो स्थानमा परेका थिए ।












