सर्लाहीमा जेठाजुले लिए बुहारीको ज्यान

Image

सर्लाहीमा धारिलो हतियार प्रहार गरि जेठाजुले आफ्नै बुहारीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार घरायसी विवादमा ३६ वर्षीया रेनु देवी पासवानमाथि उनकै जेठाजुले धारिलो हतियार प्रहार गरेका हुन् । विष्णु गाउँपालिका वडा नम्बर ३ मधुवन गोठका अन्दाजी ४० वर्षीय साहेब पासवानले आफ्नै भाइ गजेन्द्र पासवानको श्रीमती रेनुको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन् ।

आइतबार दिउँसो घरायसी विवादका कारण साहेबले घरेलु हतियार प्रहार गरी रेनुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जेठाजु साहेबले घरमा समान्य विवाद चलिरहेको बेला अचानक धारिलो हतियार निकालेर बुहारी रेनुको हात, मुख र घाँटीमा प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता सरोज राईले बताए ।

साहेब पासवानलाई हतियारसहित पक्राउ गरेर थप अनुसन्धान भइरहेको उनले बताए ।