कैलालीस्थित जिल्ला सरकारी वकिलकाे कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि धनगढीस्थित सरकारी वकिल कार्यालय पुर्याइएकी ५० वर्षीया मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरकाे टाेलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुर्याएकाे थियाे ।
महिला आइतबार दिउँसो सवा २ बजे नै हतकडीसहित भागेकाे भए पनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टाेलीले माथिल्लो निकायमा रिपोर्ट गरेकाे बुझिएकाे छ । उनकाे खाेजी भइरहेको प्रहरीले जनाएको छ ।













