गभर्नर बन्न पौडेलले दिए सिफारिस समितिबाट राजीनामा

Image

पाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।

यसअघि सत्तारुढ दल कांग्रेस–एमालेबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको थियो ।

पौडेलले आइतबार राजीनामा दिएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले पुष्टि गरेको छ।